दफा २९
घटना दर्ता सम्बन्धी विशेष व्यवस्था
(१) प्रचलित कानून बमोजिम धर्मपुत्र वा धर्मपुत्री राख्रे व्यक्तिले सम्बन्धित स्थानीय पञ्जिकाधिकारी समक्ष सोको सूचना दर्ता गर्नु पर्नेछ।

(२) कुनै व्यक्तिको मृत बच्चा जन्मिएको वा बच्चा जन्मिनासाथ मृत्यु भएकोमा स्थानीय पञ्जिकाधिकारी समक्ष सोको सूचना दर्ता गराउन सकिनेछ।

(३) उपदफा (१) वा (२) बमोजिम परेको सूचना दर्ता गर्ने तथा सो बमोजिमको घटना दर्ता गरी प्रमाणपत्र दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।